कर्मचारी आवश्यकता सम्बन्धि सूचना
विज्ञापन नं.: ०१/२०८०/०८१
विज्ञापन प्रकाशित मिति: २०८०/०८/१२
आवेदन दिने अन्तिम मिति: २०८०/०८/२०
ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाल २०६१ सालमा स्थापना भएको मुनाफारहित एक गैर सरकारी संस्था हो । “आत्मनिर्भर समाज, गरीबी उन्मुलन, सामाजिक विभेदको अन्त्य, सुशासन, समावेशीकरण तथा दिगो विकास” यस संस्थाको परिकल्पनाका साथै सामाजिक चेतना अभिबृद्धि गरी आत्मनिर्भर समाज र दिगो विकासका लागि विकास निर्माण कार्यक्रम सञ्चालन गरी सवल र सक्षम समाजको स्थापना गर्ने यस संस्थाको लक्ष्य रहेको छ । यस संस्था यौन उत्पीडन, शोषण, दुर्व्यवहार, बालश्रम तथा वाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरुसहित प्रतिबद्ध रहेको छ ।
USAID Adolescent Reproductive Health परियोजना CARE Nepal को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego and Nepal CRS Company को सयुक्त साझेदारीमा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशारीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यका बारेमा स्वस्थ्य निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नुरहेको छ ।
यो कार्यक्रम रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा संचालन भएको छ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारीको पद पुर्ती गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड पुगेका नेपाली नागरिकहरुले आबेदन पेश गर्नुहुन जानकारी गराईन्छ ।
तपसिल
पद: Monitoring and Documentation Officer-(MDO)
संख्या: १ जना
कार्यक्षेत्र: रोल्पा जिल्ला
उमेर: १८ वर्ष पुगेको
न्यूनतम योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण) मा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम् स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको । दुईपाङ्ग्रे सवारी साधनको चालक अनुमती पत्र भएको ।
मुख्य भूमिका र जिम्मेवारीहरु: ARH MEL योजना अनुसार अनुगमन गर्ने, राम्रा अभ्यासहरुको अभिलेखिकरण गर्ने र परियोजना परिणाम ढाँचाको आवधिक डेटा सङ्कलन गर्नुे । परियोजनाको टिमलाई प्राविधिक सहयोग प्रदान गर्नु प्रभावकारी रूपमा परियोजना डेटा सङ्कलन गर्ने ।
विस्तृत कार्य विवरण (JD) निम्न लिङ्कबाट प्राप्त गर्न सकिन्छ:
https://drive.google.com/uc?export=download&id=1VjqFVmrRR4zidw9l_Vsc2F9ne3LnwTmD
आवश्यक कागजातहरु:
१) व्यक्तिगत विवरण (Biodata) र वायोडाटामा एक प्रति पासपोर्ट साईजको फोटो राखेको हुनुपर्ने । विवरणमा पहिले काम गरेको निकायबाट २ जना सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नम्बर, इमेल, कार्यालय र पद उल्लेख गर्नुपर्ने ।
२) शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरु, अनुभवको पत्र र नेपाली नागरिकताको प्रमाण १/१ थान ।
३) प्रतिलिपिहरुलाई सम्बन्धित आवेदकलेनै प्रमाणित गरिएको हुनुपर्ने छ ।
४) निवेदन र उल्लेखित कागजातहरु फाईलमा राखेर कार्यालयमा उपस्थित भई पेश गर्नुपर्नेछ । यदी इमेल मार्फत पेश गर्न चाहाने आवेदकहरुले pr.rudas2005@gmail.com मा सबै कागजातहरु एकै पटक पठाउनुपर्ने छ ।
छनौट प्रक्रिया:छोटो सुचि प्रकाशन, लिखित, प्रयोगात्मक र अन्तरबार्ता गरिनेछ ।
सेवा तथा सुविधा:परियोजनाको नियमानुसार ।
नोट: महिला, दलित, जनजाति र समाजमा पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, बञ्चितिकरणमा परेको वर्ग तथा स्थानीयलाई आबेदन दिनको लागि बिशेष प्रोत्साहित गरिन्छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । संस्थाले कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित राख्दछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व Conflict of Interest छ भने आवेदनको साथमा उल्लेख गरी स्व-घोषणा गर्नुहुन समेत जानकारी गराईन्छ ।
आवेदन दिने अन्तिम मिति २०८०।०८।२० गते दिनको ४:०० बजेसम्म । यदि सो दिन सार्वजनिक विदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ४:०० बजेसम्म ।
सम्पर्क
ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपालको केन्द्रीय कार्यालय,
रोल्पा नगरपालिका २, पिपलचौतारा लिबाङ रोल्पा
फोन.नं. ०८६–४४०१८७ तथा सम्पर्क व्यक्ती: ९८४७९५८९२२
← Back